काठमाडौं । भिभोले आफ्नो भी र वाई सिरिजको नवीनतम स्मार्टफोन भी२५ई र वाई१५सी मोडलहरूको मूल्य भारी मात्राले घटाएको छ ।
भी२५ई (८+१२८ जीबी) को मूल्य ३ हजार रुपैयाँले घटेर ३९ हजार ९९९ रुपैयाँ र भिभो वाई१५सी को मुल्य पनि ३ हजार रुपैयाँले घटेर १४ हजार ९९९ रुपैयाँ भएकाे छ ।
कम्पनीले वाई१५सी मार्च १ तारिखदेखि मार्च ३१ तारिखसम्म १४ हजार ९९९ रुपैयाँ मूल्यमा उपलब्ध हुने जनाएकाे छ । कम्पनीले यो नयाँ मूल्य नेपालको सबै रिटेल स्टोर र ई–कमर्स साइटहरूमा उपलब्ध हुने जानकारी दिएकाे छ ।
भिभो भी२५ई मा ६४एमपी ओआईएस अल्ट्रा–सेन्सिङ रियर क्यामेरा रहेकाे छ जसमा उच्च–संवेदनशील सेन्सर र ओआईएस छ जसले हाइब्रिड इमेज स्टेबलाइजेशन प्रदान गर्दछ । यस स्मार्टफोनमा बोकेह फ्लेयर पोट्र्रेट विशेषता पनि रहेकाे छ जसले डुअल क्यामेरा सेटअप प्रयोग गरेर रात्रिकालिन फोटोग्राफीलाई राम्राे बनाउँदछ ।
यस फोनमा ४४ वाटको फ्ल्यासचार्ज र बलियो ४५०० एमएएच ब्याट्री रहेको छ जसले अत्यन्तै छिटो चार्ज गर्न र राम्राे ब्याट्री लाइफ पनि प्रदान गर्दछ । भी२५ई को कलर चेन्जिङ ग्लास प्यानलले सबैभन्दा आकर्षक रहेकाे छ । सूर्यको प्रकाशमा पर्दा, यसले बिस्तारै पछाडिको प्यानलको रङ परिवर्तन गर्दछ ।
यस्तै, वाई१५सी मा आई प्रोटेक्शन सहितको ६.५१ इन्चको फूलभ्यू डिस्प्ले, विशाल ५०००एमएएच ब्याट्री, साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानर र शक्तिशाली एआई डुअल क्यामेरा रहेकाे छ ।