आइएमई को-अपरेटिभले गैह्रबैकिङ्ग सम्पत्ति बेच्दै

<p>काठमाडौं । आइएमई को–अपरेटिभ सर्भिसले गैह्रबैंकिङ्ग सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । संस्थाले आफ्नो नाममा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति घरजग्गा लिलामीमा बिक्री गर्ने भएको हो । संस्थाको नाममा मालपोत कार्यालय तुलसीपुर, दाङमा दर्ता भएको साविक तुलसीपुर नगरपालिका ६ सिट नम्बर ६क स्थित कित्ता नम्बर २६१, २३५, २४४ र २४९ को जम्मा क्षेत्रफल ६७७.२१ बर्गमिटरको [&hellip;]</p>

काठमाडौं । आइएमई को–अपरेटिभ सर्भिसले गैह्रबैंकिङ्ग सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । संस्थाले आफ्नो नाममा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति घरजग्गा लिलामीमा बिक्री गर्ने भएको हो ।

संस्थाको नाममा मालपोत कार्यालय तुलसीपुर, दाङमा दर्ता भएको साविक तुलसीपुर नगरपालिका ६ सिट नम्बर ६क स्थित कित्ता नम्बर २६१, २३५, २४४ र २४९ को जम्मा क्षेत्रफल ६७७.२१ बर्गमिटरको जग्गा र उक्त जग्गाले चर्चेको सम्पुर्ण सामान बिक्री गर्ने भएको हो ।

उक्त गैह्र बैंकिङ्ग सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति र फर्म÷कम्पनी तथा संघ संस्थाहरुले चैत २ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त गैह्रबैंकिङ्ग सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अबस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने बताएको छ ।

प्राप्त बोलपत्रहरु संस्थाको सेवा केन्द्र कार्यालय, दाङमा चैत ३ गते शुक्रबारको दिन दिउँसो १ बजे खोलिने बताएको छ ।

Share News