नेपाल इको प्यानलले ल्यायो आफ्नै यूपीभीसीका झ्यालढोका

<p>भक्तपुर । नेपाल इको प्यानलले जर्मन प्रविधिमा आधारित मेसिनबाट प्रिफ्याव्रिकेटेट वाल प्यानलका लागि उपयुक्त विशेष प्रकारका यूपीभीसीका झ्यालढोकाहरुको उत्पादन सुरु गरेकाे छ । कम्पनीले प्रिफ्याव्रिकेटेट (कारखानामा पहिला नै तयार पारी निर्माणस्थलमा जोडे मात्रै पुग्ने) वाल प्यानलमा प्रयोगको लागि उपयुक्त झ्यालढोकाहरुको उत्पादन सुरु गरेकाे हाे । यसका लागि झण्डै दुई करोड थप लागनी गरेकाे कम्पनीले बताएकाे छ [&hellip;]</p>

भक्तपुर । नेपाल इको प्यानलले जर्मन प्रविधिमा आधारित मेसिनबाट प्रिफ्याव्रिकेटेट वाल प्यानलका लागि उपयुक्त विशेष प्रकारका यूपीभीसीका झ्यालढोकाहरुको उत्पादन सुरु गरेकाे छ ।

कम्पनीले प्रिफ्याव्रिकेटेट (कारखानामा पहिला नै तयार पारी निर्माणस्थलमा जोडे मात्रै पुग्ने) वाल प्यानलमा प्रयोगको लागि उपयुक्त झ्यालढोकाहरुको उत्पादन सुरु गरेकाे हाे । यसका लागि झण्डै दुई करोड थप लागनी गरेकाे कम्पनीले बताएकाे छ ।

इको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) इन्जिनियर कृष्णभक्त दुवालले लामो समयको अध्यन अनुसन्धान पश्चात प्रिफ्याव्रिकेटेट वाल प्यानलका लागि उपयुक्त झ्यालढोकाको मजबुत जडानको समस्यालाई मध्यनजर गरी कम्पनीले नयाँं प्रडक्ट रुपमा यूपीभीसीका झ्यालढोकाको पनि उत्पादन थालेको बताए ।

‘हाम्रो उत्पादनले अव प्रिफ्याव्रिकेटेट वाल प्यानलको प्रयोगबाट बनेका घर निर्माणकर्ताहरुलाई सजह भएको छ,’ उनले भने, ‘यसअघि पनि बजारमा युपिभिसीका झ्यालढोकाहरु रहे पनि प्रिफ्याव्रिकेटेट वाल प्यानलमा जडानमा कठिनाई भई जडानमा समस्या भएको थियो, उत्पादन थालिसकेका छौं, अब हामी छिटै बजारमा पनि पुयाउँंछौं,’ उनले भने ।

उर्जा किफायती, वातावरणमैत्री तथा प्राकृतिक श्रोतसाधनको कम उपयोग गरी निर्माण सामाग्री उत्पादन गर्ने लक्ष्य अनुसार त्यही अनुरुपको यूपीभीसी झ्यालढोकाको उत्पादन थालेकाे उनले बताए ।

उनका अनुसार यी झ्यालढोकाहरुको प्रोफाइलमा १५ वर्ष ग्यारेन्टी र हार्डवेयरमा दुई वर्ष ग्यारेन्टी रहेकाे छ । ‘साउण्ड प्रुफ, फायर प्रुफ, किराले नखाने, घामपानीले नविगार्ने यूपीभीसी झ्यालढोकाका विशेषताहरु हुन्, वेडर प्रुफ, खिया नलाग्ने, मर्मतसम्भार गरिराख्नु नपर्ने लगायतका विशेषता यसमा रहेको छ,’ उनले भने ।

 

Share News