घुन्सा खोला र सिम्बुवा खोला जलविद्युत् आयोजना तीनवटा सरकारी कम्पनी मिलेर अगाडि बढाउने

<p>काठमाडौं । ७७.३ मेगावाट उत्पादन क्षमता रहेको घुन्सा खोला र ७०.५ मेगावाट उत्पादन क्षमता रहेको सिम्बुवा खोला जलविद्युत् आयोजनालाई तीनवटा सरकारी कम्पनीले साझेदारीमा सञ्चालन गर्ने भएका हुन् । बुधबार भएको एक कार्यक्रमका बीच नेपाल विद्युत प्राधिकरण, हाइड्रो इलेक्ट्रिसिटि डेभलपमेन्ट कम्पनी र विद्युत उत्पादन कम्पनीले उक्त दुई आयोजनालाई साझेदारीमा अगाडि बढाउने समझदारीमा हस्ताक्षर गरेका छन् । [&hellip;]</p>

काठमाडौं । ७७.३ मेगावाट उत्पादन क्षमता रहेको घुन्सा खोला र ७०.५ मेगावाट उत्पादन क्षमता रहेको सिम्बुवा खोला जलविद्युत् आयोजनालाई तीनवटा सरकारी कम्पनीले साझेदारीमा सञ्चालन गर्ने भएका हुन् । बुधबार भएको एक कार्यक्रमका बीच नेपाल विद्युत प्राधिकरण, हाइड्रो इलेक्ट्रिसिटि डेभलपमेन्ट कम्पनी र विद्युत उत्पादन कम्पनीले उक्त दुई आयोजनालाई साझेदारीमा अगाडि बढाउने समझदारीमा हस्ताक्षर गरेका छन् ।

साझेदारीमा सिम्बुवा खोला जलविद्युत आयोजना विकास गर्ने सिम्बुवा रेमिट हाइड्रे लिमिटेडको ५१ प्रतिशत शेयर मध्ये विद्युत उत्पादन कम्पनीले २१ प्रतिशत, हाइड्रो इलेक्ट्रिसिटि डेभलपमेन्ट कम्पनीले १५ प्रतिशत र विद्युत प्राधिकरणले १५ प्रतिशत शेयर लिने सहमति भएको छ ।

त्यस्तै धुन्सा खोला जलविद्युत् आयोजना विकास गर्ने रेमिट हाइड्रो लिमिटेडको ५१ प्रतिशत शेयर मध्ये नेपाल विद्युत प्राधिकरणले २१ प्रतिशत, हाइड्रो इलेक्ट्रिसिटि डेभलपमेन्ट कम्पनीले १५ प्रतिशत र विद्युत उत्पादन कम्पनी लिमिटेडले १५ प्रतिशत शेयर लिने सहमति भएको छ । साथै हाइड्रो इलेक्ट्रिसिटि डेभलपमेन्ट कम्पनीले गरेको प्रतिवद्धता बमोजिम दुबै कम्पनीमा २९ प्रतिशत शेयर वैदेशिक रोजगारीमा गएका सर्वसाधारणको लागि आरक्षण गरिने सम्झौता भएको छ ।

दुबै आयोजनाका ७० प्रतिशत ऋण र ३० प्रतिशत शेयर कायम हुनेगी वित्तीय स्वरुप निर्धारण गरिने लगायत संस्थागत संरचना, कार्यविधि लगायतका विषयहरुमा समझदारी भएको मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Share News