एक्साइडको नयाँ विद्युतीय रिक्सा ब्याट्री बजारमा, १५ महिनाको वारेन्टी 

<p>काठमाडाैं । सिप्रदी ट्रेडिङ्गले एक्साइड ब्राण्डको विद्युतीय रिक्सामा प्रयोग हुने नयाँ इ–रिक्सा ब्याट्रीको नेपाली बजारमा विक्री वितरण सुरु गरेको छ । एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्री १५ महिनाको वारेन्टी भएको ब्याट्री हो । विश्व प्रसिद्ध एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्रीहरु फ्याक्ट्रीबाट पहिले नै चार्ज हुने भएकोले सिधा जडान गर्न सकिने कम्पनीले बताएकाे छ । साथै विशेष अलोई [&hellip;]</p>

काठमाडाैं । सिप्रदी ट्रेडिङ्गले एक्साइड ब्राण्डको विद्युतीय रिक्सामा प्रयोग हुने नयाँ इ–रिक्सा ब्याट्रीको नेपाली बजारमा विक्री वितरण सुरु गरेको छ । एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्री १५ महिनाको वारेन्टी भएको ब्याट्री हो ।

विश्व प्रसिद्ध एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्रीहरु फ्याक्ट्रीबाट पहिले नै चार्ज हुने भएकोले सिधा जडान गर्न सकिने कम्पनीले बताएकाे छ । साथै विशेष अलोई प्रणाली भएका यी ब्याट्रीहरुले छिटो चार्ज हुनुका साथै प्रशोधित पानीको पनि कम खपत गर्ने कम्पनीकाे दावी छ ।

यसैगरी, ‘रगेड ट्युवलर पोजिटिभ प्लेट’ को विशेषता भएकोले यस ब्याट्रिले विद्युतीय रिक्साको भार तान्न सक्ने क्षमतामा अधिकतम वृद्धि गर्ने कम्पनीले बताएकाे छ ।

कम्पनीको अनुसार ग्राहकले कुनै पनि पुरानो ब्याट्री साटेर नयाँ एक्साइड ब्याट्री पनि प्राप्त गर्न सक्नेछन ।

Share News