
काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले तरकारीको विषादी जाँच्नेबारेको प्रस्ताव गरिरहेको जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले प्रधानमन्त्री ‘प्रचण्ड’को निर्देशनमा सो प्रस्ताव तयार गर्ने काम भइरहेको जनाएको हो ।
खाद्य ऐन, २०२३ को दफा ९ बमोजिमको स्तर निर्धारण समितिबाट २०७८ माघ १७ मा स्वीकृत मापदण्ड उपर विश्वव्यापार संगठनका सदस्य राष्ट्रहरुबाट राय सुझावको लागि सम्बन्धित मुलुकहरुमा पठाएकोमा कुनै पनि मुलुकबाट कमेन्ट नआएकाले उक्त मापदण्डलाई प्रकाशित गर्न भदौको पाँच गते मन्त्रिपरिषदको बैठकमा पेश गरेको मन्त्रालयले जनाएको छ । उक्त प्रस्तावलाई मन्त्रिपरिषदले आर्थिक तथा पूर्वाधार समितिमा छलफलका लागि पठाएकोमा विचाराधिन रहिरहेकोले नयाँ सरकार गठनसँगै सबै गत पुस ११ गतेको मन्त्रिपरिषदको बैठकले सबै प्रस्ताव फिर्ता गर्दा उक्त प्रस्ताव पनि फिर्ता भएको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले ‘तत्काल नयाँ प्रस्ताव तयार पारी मन्त्रिपरिषदमा पेश गर्न निर्देशन भैसकेको’ मन्त्रालयले जनाएको छ । सो का आधारमा मन्त्रालयले काम गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मन्त्रालयको विज्ञप्ति
