केडिया स्मृति कानून सम्मान वरिष्ठ अधिवक्ता गुणनीधि न्यौपानेलाई

<p>काठमाडौं । केडिया फाउन्डेसनको कानून सम्मान र पुुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । यस वर्षको केडिया फाउन्डेसनको कानून सम्मान र पुरस्कार वरिष्ठ अधिवक्ता प्राध्यापक गुणनीधि न्यौपानेले पाएका छन् । वरिष्ठ अधिवक्ता प्राध्यापक गुणनीधि न्यौपानेलामो समय नेपाल ल क्याम्पसमा प्राध्यापन गरेर त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष समेत भइसकेका छन् । यस्तै स्वशंकरलाल केडीया स्मृति युवा कानून पुरस्कार वरिष्ठ अधिवक्ता महेश कुमार [&hellip;]</p>

काठमाडौं । केडिया फाउन्डेसनको कानून सम्मान र पुुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । यस वर्षको केडिया फाउन्डेसनको कानून सम्मान र पुरस्कार वरिष्ठ अधिवक्ता प्राध्यापक गुणनीधि न्यौपानेले पाएका छन् ।

वरिष्ठ अधिवक्ता प्राध्यापक गुणनीधि न्यौपानेलामो समय नेपाल ल क्याम्पसमा प्राध्यापन गरेर त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष समेत भइसकेका छन् ।

यस्तै स्वशंकरलाल केडीया स्मृति युवा कानून पुरस्कार वरिष्ठ अधिवक्ता महेश कुमार थापा र स्वशंकरलाल केडिया उत्कृष्ट पुस्तक लेखन पुरस्कार वेपत्ता पारिएका परिवार छानबिन आयोगका सचिव श्याम कुमार भट्टराईद्धारा लिखित संवैधानिक तथा प्रशाशकीय कानूनु पुस्तकको लागी प्रदान गरिएको छ ।

स्वशंकरलाल केडिया कानून पुरस्कार, कानून युवा पुरस्कार, उत्कृष्ट कानून पुस्तक पुरस्कार एवं कानून पत्रिकामा वर्ष भरिमा प्रकाशित लेख रचना मध्ये उत्कृष्ट लेख, रचनाका लेखकहरुलाई उत्कृष्ट कानून लेखन पुरस्कार प्रदान गरिँदै आएको छ ।

 

 

 

 

 

 

 

Share News