उद्योग वाणिज्य महासंघकाे जिल्ला नगर उपाध्यक्षमा सुमार्गी सिफारिस

<p>काठमाडौं । मकवानपुर उद्योग वाणिज्य संघले अरुणराज सुमार्गीलाई नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा सिफारिस गरेको छ । सोमबार बसेको संघको बैठकले महासंघको केन्द्रीय सदस्य रहेका सुमार्गीलाई जिल्ला नगर उपाध्यक्षमा सिफारिस गर्ने निर्णय गरेको हो । यस्तै, सोमबारको बैठकले संघका अध्यक्ष कृष्ण कटुवाल खुल्ला तर्फको केन्द्रीय सदस्यमा सिफारिस गर्ने निर्णय गरेको जनाईएको छ । [&hellip;]</p>

फाइल फाेटाे

काठमाडौं । मकवानपुर उद्योग वाणिज्य संघले अरुणराज सुमार्गीलाई नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा सिफारिस गरेको छ । सोमबार बसेको संघको बैठकले महासंघको केन्द्रीय सदस्य रहेका सुमार्गीलाई जिल्ला नगर उपाध्यक्षमा सिफारिस गर्ने निर्णय गरेको हो ।

यस्तै, सोमबारको बैठकले संघका अध्यक्ष कृष्ण कटुवाल खुल्ला तर्फको केन्द्रीय सदस्यमा सिफारिस गर्ने निर्णय गरेको जनाईएको छ ।

महासंघको विधान अनुसार आगामी चैत मसान्तमा निर्वाचन गर्नैपर्छ ।

महासंघको विधानअनुसार निर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्षको हुन्छ तर शेखरको कार्यकाल २ वर्ष ४ महिना मात्र भयो । कोरोना महामारीको कारण २०७६ चैतमा हुनु पर्ने साधारणसभा २०७७ मंसिरमा भएको थियो ।

Share News