स्थगित भयो प्रतिनिधि सभा बैठक, उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने

<p>काठमाडौं । आज दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । स्थगित बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ । संसद सचिवालयले सूचना जारी गर्दै प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ । यही फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन [&hellip;]</p>

काठमाडौं । आज दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । स्थगित बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ ।

संसद सचिवालयले सूचना जारी गर्दै प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ ।

यही फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ ।

Share News