अवैध रुपमा ल्याइएको १० लाख बढीको औषधि बरामद

<p>कञ्चनपुर । भीमदत्त नगरपालिका–३ भाँसीबाट प्रहरीले  भारतबाट अवैध रुपमा  लुकाई–छिपाई ल्याउँदै गरेको १० लाख २१ हजार चार सय रुपैयाँ मूल्य बराबरको औषधि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार विशेष सुराकीका आधारमा बेवारिसे अवस्थामा औषधि बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको सादा पोसाकको प्रहरीको टोलीले [&hellip;]</p>

कञ्चनपुर । भीमदत्त नगरपालिका–३ भाँसीबाट प्रहरीले  भारतबाट अवैध रुपमा  लुकाई–छिपाई ल्याउँदै गरेको १० लाख २१ हजार चार सय रुपैयाँ मूल्य बराबरको औषधि बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार विशेष सुराकीका आधारमा बेवारिसे अवस्थामा औषधि बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको सादा पोसाकको प्रहरीको टोलीले सेगोप्लेक्स आठ सय १० थान, बोनभिटा एक हजार थान र न्युरोक्याक्स एक हजार ८० थान औषधिको पत्ता बरामद गरिएको प्रहरी नायब उपरीक्षक डाँगीले बताए । बरामद औषधिलाई भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।

Share News