प्रधानमन्त्री ‘प्रचण्ड’को निजी चिकित्सकमा प्रा.डा. शर्मा नियुक्त

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त भएका छन् । फागुन ११ गतेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्रधानमन्त्रीको निजी चिकित्सकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । प्रा.डा. शर्मा हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टरको पदमा कार्यरत छन् । इन्टरनल मेडिसिन, पेट तथा कलेजो विषयमा विशेषज्ञता हासिल [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त भएका छन् । फागुन ११ गतेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्रधानमन्त्रीको निजी चिकित्सकमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।

प्रा.डा. शर्मा हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टरको पदमा कार्यरत छन् । इन्टरनल मेडिसिन, पेट तथा कलेजो विषयमा विशेषज्ञता हासिल गरेका उनी नेपालको अब्बल डाक्टर मध्येमा पर्छन् ।

Share News