काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ फागुन १७ बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज फागुन १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागी भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।
लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लघुवित्तले प्रस्ताव गरेको लाभांश पारित गर्न फागुन २९ गते अग्रवाल भवन, कमलपोखरी काठमांडौमा बिहान ११ बजे ११ औँ बार्षिक साधारणसभा बोलाएको छ ।