भीड हुने सरकारी कार्यालय विदाको दिन पनि खुल्ने, कर्मचारीले सिफ्टमा काम गर्ने

<p>काठमाडौं । सरकारले राहदानी विभागदेखि मालपोत कार्यालय जस्ता सेवाप्रहाहमुखी सरकारी कार्यालय सार्वजनिक विदाको दिन पनि खुला राख्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सार्वजनिक बिदाको दिन पनि सेवाग्राहीको बढी भीड हुने सरकारी कार्यालय खुला राख्ने निर्णय गरेको हो । बैठकको निर्णय अनुसार मालपोत, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, अस्पताल, प्रहरी कार्यालगायतका सरकारी कार्यालय हरेक दिन खुला [&hellip;]</p>

काठमाडौं । सरकारले राहदानी विभागदेखि मालपोत कार्यालय जस्ता सेवाप्रहाहमुखी सरकारी कार्यालय सार्वजनिक विदाको दिन पनि खुला राख्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सार्वजनिक बिदाको दिन पनि सेवाग्राहीको बढी भीड हुने सरकारी कार्यालय खुला राख्ने निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार मालपोत, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, अस्पताल, प्रहरी कार्यालगायतका सरकारी कार्यालय हरेक दिन खुला रहने छन् र कमर्चारीहरुले सिफ्ट अनुसार काम गर्नेछन् ।

Share News