सरकार छाड्ने एमालेको निर्णय, समर्थन पनि फिर्ता

<p>काठमाडौं । नेकपा एमालेले वर्तमान सरकार छाड्ने निर्णय गरेको छ। सोमबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सचिवालय बैठकले सरकार छाड्ने र प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको जानकारी दिए । राष्ट्रपतिमा सहमति नभएपनि देशको परिस्थिति हेरेर [&hellip;]</p>

काठमाडौं । नेकपा एमालेले वर्तमान सरकार छाड्ने निर्णय गरेको छ। सोमबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सचिवालय बैठकले सरकार छाड्ने र प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको जानकारी दिए ।

राष्ट्रपतिमा सहमति नभएपनि देशको परिस्थिति हेरेर अघि बढीरहेका बेला जेनेभा जान लागेकी मन्त्री विमला राई पौड्याललाई रोक्ने र एमाले सरकारबाट नहटे बिना विभागीय मन्त्रीको रुपमा राख्ने अभिव्यक्ति दिएपछि आफुहरु सरकारमा बस्न नसकेको उनले बताए ।

‘हामीले मुलुकको अवस्थालाई विश्लेषण गरेर राष्ट्रपतिमा सहमति नभएपनि देशको परिस्थिति हेरेर अघि बढीरहेका थियौँ, तर प्रधानमन्त्रीले पछिल्लो समय नेकपा एमालेमाथि जुन किसिमको व्यवहार गर्नुभयो, जेनेभा जान लाग्नुभएकी मन्त्री विमला राई पौड्याललाई रोक्नुभयो, उहाँले एमाले सरकारबाट नहटे बिना विभागीय मन्त्रीको रुपमा राख्ने जस्ता अभिव्यक्ति दिनुभएपछि हामी सरकारमा बस्न सकेनौँ, त्यसैले सरकारबाट फिर्ता हुने नर्णय गरेका छौँ,’ उनले भने ।

 

 

Share News