काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा नेपाली अर्थतन्त्र र पुँजी बजार सम्बन्धि एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल सीपीएको उपस्थितिमा एनआईबिएल एस क्यापिटलका डेपुटी सीईओ मेख बहादुर थापाले उक्त कार्यक्रममा नेपाली अर्थतन्त्र र पुँजी बजारको विविध आयामबारे प्रकाश पारेका थिए ।
उक्त कार्यक्रमको संयोजन राजु पोखरेल र दिपेन्द्र पन्तले गरेका थिए । कार्यक्रममा अनिल पोखरेलले एनआरएनले लामो समयदेखि निःशुल्क लगानी र राजनीतिक बाहेक अन्य अधिकारको माग गर्दै आएको नागरिकता मुद्धामा प्रकाश पारेका थिए । आवश्यक परेको अवस्थामा लगानी बापतको आम्दानीसँगै पैसा फिर्ता हुनेमा पनि उनले चिन्ता व्यक्त गरे ।