काठमाडौं । सिंहदरबारभित्र रहेको चमेनागृहमाम्याद सकिएका खानेकुरा भेटिएका छन् । सोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सो चमेना गृहमा अनुगमन गर्दा म्याद सकिएका खानेकुरा भेटिएका हुन् ।
विभागले आइतबार केन्द्रीय क्यान्टिनमा आकस्मिक अनुगमन गरेको थियो । अनुगमनको क्रममा चमेना गृहमा दुर्गन्धित मासु र तरकारी, मसला लगायतका वस्तु भेटिएका छन् ।
साथै उक्त क्यान्टिन सञ्चालन गर्ने कञ्चन चमेना गृहका उत्तम भट्टलाई उपभोक्ता हित विपरीत कसुर गरेकोले ३ लाख जरिवानासमेत गरिएको विभागले जानकारी दिएको छ ।