प्रधानमन्त्रीले रोके परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण

<p>काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण रोकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री पौड्यालको भ्रमण रोकेका हुन । पौड्याल आइतबार साँझ संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिने जाने तयारीमा थिईन । तर प्रधानमन्त्रीको निर्देशनपछि उक्त भ्रमण रोकिएको परराष्ट्रमन्त्री पौड्यालले बताईन । ‘म जेनेभा जाने तयारीमा थिए, अन्तिम समयमा प्रधानमन्त्री ज्यूको निर्देशनपछि [&hellip;]</p>

काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण रोकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री पौड्यालको भ्रमण रोकेका हुन ।

पौड्याल आइतबार साँझ संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिने जाने तयारीमा थिईन । तर प्रधानमन्त्रीको निर्देशनपछि उक्त भ्रमण रोकिएको परराष्ट्रमन्त्री पौड्यालले बताईन ।

‘म जेनेभा जाने तयारीमा थिए, अन्तिम समयमा प्रधानमन्त्री ज्यूको निर्देशनपछि रोकियो’, उनले भनिन । परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण रोकेर प्रचण्डले एमालेलाई सरकार छाड्न सन्देश दिएको बताईएको छ ।

Share News