
काठमाडौं । आइतबार दोलखाको कालिञ्चोकमा हिउँ परेको छ । आइतबार परेको पानीका कारण कालिन्चोकमा हिउँ परेको हो ।
कालिन्चोक कन्ट्री होटल भिल्लाका बिक्री प्रबन्धक रवि मगरातीले कालिञ्चोकमामा यस वर्षकै पहिलो हिउँ परेको जानकारी दिए । ‘हिउँ एकदमै धेरै परेको छ, अत्याधिक हिउँ परेर गएको बत्ति र नेटवर्क बल्ल आयो,’ उनले भने ।
यस वर्ष हिउँ नपरेको कारण खासै राम्रो नभएको व्यवसाय आइतबार हिउँ परेपछि राम्रो हुने अपेक्षा गरेको उनले बताए । ‘हिउँ नपरेको कारण व्यवसाय खासै राम्रौ थिएन, अब राम्रो हुन्छ भन्नेमा विश्वास छ,’ उनले भने ।
यस वर्ष पानी नपरेको कारण देशको अधिकांश ठाउँमा हिउँ परेको थिएन ।