ललितपुरका १० सहकारी संस्थाको इजाजत खारेज

<p>काठमाडाैं । ललितपुरका १० वटा सहकारी संस्थाको इजाजत खारेज भएकाे छ । ५ वर्ष भन्दा बढी अवधिदेखि लेखा परीक्षण तथा साधारण सभा नगर्ने र विवरण नबुझाउने सहकारी संस्थाको इजाजत खारेज भएकाे हाे । ललितपुर महानगरपालिकाले शनिबार सूचना जारी गर्दै आफ्नो मातहतमा रहेका १० वटा सहकारी संस्थाको इजाजत खारेज गरेकाे जानकारी दिएकाे हाे । महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाईले खारेजका [&hellip;]</p>

काठमाडाैं । ललितपुरका १० वटा सहकारी संस्थाको इजाजत खारेज भएकाे छ । ५ वर्ष भन्दा बढी अवधिदेखि लेखा परीक्षण तथा साधारण सभा नगर्ने र विवरण नबुझाउने सहकारी संस्थाको इजाजत खारेज भएकाे हाे ।

ललितपुर महानगरपालिकाले शनिबार सूचना जारी गर्दै आफ्नो मातहतमा रहेका १० वटा सहकारी संस्थाको इजाजत खारेज गरेकाे जानकारी दिएकाे हाे ।

महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाईले खारेजका संस्थाले अबदेखि आर्थिक कारोबार गर्न नपाउने बताए । ‘त्यी संस्थाका कार्यालय कहाँ छ थाहा छैन, हामीले जम्मा १२ वटा संस्थालाई लक्षित गर्दै सूचना निकालेका थियौं, तर दुई वटा संस्था भने सम्पर्कमा आए, त्यसपछि हामीले १० वटा सहकारीको मात्र इजाजत खारेज गर्यौ,’ उनले भने ।

सो संस्थामा कसैको पैसा भए सहकारीले फिर्ता गर्नुपर्ने गुरागाईले बताए ।

 

Share News