काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले आफूलाई मेयर पदबाट राजीनामा दिन लाउन खोजेको बताएका छन् । मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सो बताएका हुन् ।
मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्, यो देश कहिल्यैपनि बन्दैन ।
