राप्रपाका मन्त्रीहरुले दिए राजीनामा

<p>काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भएका मन्त्रीहरुले राजीनामा दिएका छन् । उनीहरुले शनिबार प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका हुन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उपाध्यक्ष बिक्रम पाण्डेले शहरी विकास, नेता ध्रुवबहादुर प्रधानले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेता दीपकबहादुर [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भएका मन्त्रीहरुले राजीनामा दिएका छन् । उनीहरुले शनिबार प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उपाध्यक्ष बिक्रम पाण्डेले शहरी विकास, नेता ध्रुवबहादुर प्रधानले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेता दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री जिम्मेवारीमा रहेका थिए ।

Share News