रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बन्ने

<p>काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय ललितपुर सानेपामा बसेको कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले नेपालको संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि नेपाली काँग्रेसद्वारा प्रश्तावित उम्मेदवारलाई विजयी गराउन यो बैठक सबै राजनीतक दलहरु एवं राष्ट्रिय सभा [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय ललितपुर सानेपामा बसेको कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकले नेपालको संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि नेपाली काँग्रेसद्वारा प्रश्तावित उम्मेदवारलाई विजयी गराउन यो बैठक सबै राजनीतक दलहरु एवं राष्ट्रिय सभा र प्रदेश सभाका सबै सदस्यहरुलाई आग्रह गर्ने निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महले बताए ।

उनले २०८० साल वैशाख १० गते आईतवार हुने प्रतिनिधि सभा सदस्य चितवन जिल्ला क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेपाली काँग्रेसलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय भएको बताए । उनले । उक्त उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गर्ने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको पनि बताए ।

उनले उक्त उपनिर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ बमोजिम निर्वाचन आयोगमा नेपाली काँग्रेस दल दर्ता सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचि कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गरेको बताए ।

उनले भने, ‘नेपालको संविधानको धारा ६२ बमोजिम २०७९ फागुन २५ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि हुने निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट पूर्व सभामुख तथा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलज्युलाई उम्मेदवार प्रश्तुत गर्ने निर्णय भएको छ ।

नेपालको संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि नेपाली काँग्रेसद्वारा प्रश्तावित उम्मेदवारलाई विजयी गराउन बैठकले सबै राजनीतक दलहरु एवं राष्ट्रिय सभा र प्रदेश सभाका सबै माननीय सदस्यहरुमा हार्दिक अनुरोध गरेको डा. महतले बताए । बैठकले प्रतिनिधि सभा सदस्य एवं पार्टी नेता चन्द्रकान्त भण्डारीको स्वास्थ्य लाभको कामना गरेको छ ।

नेपाली कांग्रेसको निर्णयसँगै नेता पौडेल राष्ट्रपतिको लागि ८ दलको संयुक्त उम्मेदवार बन्नेछन् । फागुन २५ गते हुने निर्वाचनसम्म ८ दलको गठबन्धन कायमै रहेमा मतभारका आधारमा पौडेल भारी मतका साथ नेपालको नयाँ राष्ट्रपतिमा निर्वाचित हुनेछन् ।

Share News