राष्ट्रपतिको लागि उम्मेदवार मनोनयन दर्ता दिउँसो तीन बजेसम्म हुने

<p>काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि आज दिउँसो तीन बजेसम्म उम्मेदवारी दर्ता हुने भएको छ । मनोनयन दर्ताका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म समय तोकिएको छ । मनोनयन दर्तास्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) मा मनोनयन दर्तास्थल तोकिएको छ । आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि नेपाली कांग्रेस र माओवादी सहितका राजनीतिक [&hellip;]</p>

काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि आज दिउँसो तीन बजेसम्म उम्मेदवारी दर्ता हुने भएको छ । मनोनयन दर्ताका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म समय तोकिएको छ । मनोनयन दर्तास्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) मा मनोनयन दर्तास्थल तोकिएको छ ।

आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि नेपाली कांग्रेस र माओवादी सहितका राजनीतिक दलहरुले नयाँ गठबन्धन निर्माण गरेका छन् । जसमा नेपाली कांग्रेसले तय गर्ने व्यक्ति साझा उम्मेदवार हुनेछन् । राष्ट्रपतिको लागि को उम्मेदवार बन्ने भन्ने टुुंगो लगाउन नेपाली कांग्रेसको बैठक अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ । त्यस्तै पछिल्लो राजनीतिक घट्ना र राष्ट्रपति उम्मेदवारको विषयमा छलफल गर्न एमाले सचिवालयको बैठक पनि अहिले बसिरहेको छ ।

Share News