काठमाडौं । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको जानकारी गराएकी हुन ।
उनका अनुसार सरकारले चालू आर्थिक वर्ष २०७९/८० का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ३३१ रुपैयाँ निर्धारण गरेको हो ।
सरकारले चालू आर्थिक वर्ष ०७९/८० का लागि प्रतिक्विन्टल ३ हजार १६५ रुपैयाँ निर्धारण गरेको थियो । यसअघि आर्थिक वर्ष ०७८/७९ का लागि यस्तो मूल्य प्रतिक्विन्टल ३ हजार १११ रुपैयाँ र ०७७/७८ का लागि ३ हजार १५ रुपैयाँ समर्थन मूल्य थियो ।
बिहीबार नै बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १६ वटा निर्णय गरेको छ ।
यस्ता छन् निर्णय ः
[pdf id=391068]