कृषि विकास बैंकका नवनियुक्त अध्यक्ष पुडासैनीले लिए शपथ

<p>काठमाडौं । कृषि विकास बैंकका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले पद तथा गोपनियताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार बैंक सञ्चालक समितिका अध्यक्ष पुडासैनीलाई सपथ गराएका हुन् । नवनियुक्त अध्यक्ष निजामति सेवामा लामो अवधिसम्म कार्यरत रहि राजश्व सचिवबाट अनिवार्य अवकास पाएका हुन् । पुडासैनीसँग आर्थिक [&hellip;]</p>

काठमाडौं । कृषि विकास बैंकका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले पद तथा गोपनियताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार बैंक सञ्चालक समितिका अध्यक्ष पुडासैनीलाई सपथ गराएका हुन् ।

नवनियुक्त अध्यक्ष निजामति सेवामा लामो अवधिसम्म कार्यरत रहि राजश्व सचिवबाट अनिवार्य अवकास पाएका हुन् । पुडासैनीसँग आर्थिक क्षेत्र लगायत विभिन्न निकायमा काम गरेको अनुभव समेत रहेको छ ।

उक्त शपथ ग्रहणको अवसरमा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनर निलम ढुगांना तिम्सिना र बम बहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव मुक्तीप्रसाद सापकोटा, कृषि विकास बैंकका संचालक समिति सदस्य सुमन दाहाल, विनोद कुमार गुरांगाई, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेलको उपस्थिति थियो ।

Share News