धुमधाम पूजापाठ गरेर हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु

<p>काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार सुरु भएको छ । शुक्रबार धुमधामका साथ पूजा गरेर दुई बैंकबीच एकीकृत कारोबार सुरु भएको हो । हिमालयन बैंकका अध्यक्ष प्रचण्ड श्रेष्ठले पूजा गरेर एकीकृत कारोबार सुरु गरेका हुन् । शुक्रबार हिमालयन बैंकको केन्द्रिय कार्यालय कमलादीमा पूजापाठ गर्दै श्रेष्ठले एकीकृत कारोबार गरेका हुन् । हिमालयन बैंकले [&hellip;]</p>

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार सुरु भएको छ । शुक्रबार धुमधामका साथ पूजा गरेर दुई बैंकबीच एकीकृत कारोबार सुरु भएको हो ।

हिमालयन बैंकका अध्यक्ष प्रचण्ड श्रेष्ठले पूजा गरेर एकीकृत कारोबार सुरु गरेका हुन् । शुक्रबार हिमालयन बैंकको केन्द्रिय कार्यालय कमलादीमा पूजापाठ गर्दै श्रेष्ठले एकीकृत कारोबार गरेका हुन् ।
हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर आजदेखि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई १००ः८०.२८ को स्वाप रेसियोमा प्राप्ति गरेको हो ।

हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ बनेका छन् । साथै फैशल एन लालनी, सुनिल बहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, विजय बहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक बनेका छन् । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणा बनेका छन् ।

Share News