आजदेखि हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार

<p>काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार आज फागुन १२ गते सुरु हुने भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर शुक्रबारदेखि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएको हो । हिमालयन बैंकको केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर एकीकृत कारोबार हुनेछ । दुवै बैंकले एकीकृत कारोबार निम्ति सिस्टम अपग्रेड गर्नका [&hellip;]</p>

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार आज फागुन १२ गते सुरु हुने भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर शुक्रबारदेखि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएको हो ।

हिमालयन बैंकको केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर एकीकृत कारोबार हुनेछ । दुवै बैंकले एकीकृत कारोबार निम्ति सिस्टम अपग्रेड गर्नका लागि २ दिन बैंकिङ्ग कारोबार बन्द गरिएको छ ।

हिमालयन बैंक र सिभिल बैंक १००ः८०.२८ को स्वाप रेसियोमा मर्ज भएका हुन् । अर्थात् सिभिल बैंकका सेयरधनीहरुले १०० कित्ता सेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता सेयर प्राप्त गर्नेछन् ।

एकीकृत कारोबारपश्चात् हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ बन्नेछन् । साथै फैशल एन लाल्टिन, सुनिल बहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, विजय बहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक बन्नेछन् ।

साथै, मर्जर पश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हिमालयन बैंकका अशोक राणा रहनेछन् । हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् हिमालयन बैंकको पुँजी ३४ अर्ब रुपैयाँ पुगेको छ । पुँजीको आधारमा नेपालको छैटौं ठूलो बैंक भएको छ ।

त्यस्तै, बैंकमा कुल निक्षेप २ खर्ब ७४ अर्ब रुपैयाँ भएको छ भने कुल कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ भएको हिमालयन बैंकले जनाएको छ । सिभिल प्राप्तिसँगै हिमालयन बैंकको कुल शाखा १८९ वटा भएको छ ।

Share News