काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ५ सय रुपैयाँले घटेको छ । हिजो बुधबार तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजावी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।