कलंकी–महाराजगञ्ज सडक विस्तारको काम चाँडै शुरु हुन्छ : मन्त्री श्रेष्ठ

<p>काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कलंकी–महाराजगञ्ज सडक खण्डको स्थलगत निरीक्षण गरेका छन् । बिहीबार मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदुत छन सङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले सडकखण्डको निरीक्षण एवं अवलोकन गरेका हुन् । अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले दोस्रो खण्डको [&hellip;]</p>

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कलंकी–महाराजगञ्ज सडक खण्डको स्थलगत निरीक्षण गरेका छन् ।

बिहीबार मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदुत छन सङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले सडकखण्डको निरीक्षण एवं अवलोकन गरेका हुन् ।

अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले दोस्रो खण्डको चक्रपथ विस्तार अब चाँडै शुरु हुने सहमति भएको बताए । ‘कलंकीदेखि कोटेश्वरसम्मको काम सम्पन्न भइसकेको छ र कलंकीदेखि महाराजगञ्जसम्मको सडक पनि अब चाँडै काम शुरु गर्ने सहमति चीन सरकारसँग भएको छ,’ उनले भने ।

मन्त्री श्रेष्ठले चिनियाँ राजदुत छन सङसँग मन्त्रालयमा छलफल गरी छटो भन्दा छिटो काम अघि बढाउने सहमति भएको जानकारी दिए । ‘यो सडकखण्डमा भएका समस्याहरुको समाधान भइसकेको छ, अब निर्वाध रुपमा सडक बिस्तार गर्ने काम शुरु हुन्छ, बिजुलीका पोल र सडक छेउमा रहेका मन्दिरहरु अर्को ठाउँमा बनाउने तयारी गरेर तदारुकताका साथ काम शुरु गर्ने तयारीमा छौं,’ उनले भने ।

उनले स्वयम्भूनाथका संरचनाहरु भने नभत्काइकन त्यहाँको सडक डिजाइन परिवर्तन गर्ने सहमति भएको पनि जानकारी दिए ।

Share News