अब बैंकका ऋणीले लघुवित्तबाट कर्जा नपाउने

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीलाई लघुवित्तले कर्जा लगानी गर्न नपाउने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशिका संशोधन गर्दै यस्तो निर्णय गरेको हो। लघुवित्तबाट ऋण लिने ग्राहकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीबाट कर्जा लिएको हुन नहुने निर्देशिकामा उल्लेख छ । नयाँ व्यवस्था अनुसार लघुवित्त संस्थाले एक [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीलाई लघुवित्तले कर्जा लगानी गर्न नपाउने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशिका संशोधन गर्दै यस्तो निर्णय गरेको हो।

लघुवित्तबाट ऋण लिने ग्राहकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीबाट कर्जा लिएको हुन नहुने निर्देशिकामा उल्लेख छ ।

नयाँ व्यवस्था अनुसार लघुवित्त संस्थाले एक भन्दा बढी ऋणीलाई कर्जा लगानी गर्न पनि नपाउने भएको छ । ग्रामीण क्षेत्रका ग्राहकले धेरै लघुवित्तबाट ऋण लिएर समस्यामा परेको देखिएपछि राष्ट्र बैंकले लघुवित्तको ऋण प्रवाहमा पनि कडाई गरेको हो ।

 

Share News