काठमाडौं । एनआईसी एशिया लघुवित्तको फिल्ड कर्मचारीहरुका लागि प्रभावकारी फिल्ड व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । लघुवित्तको मधेश प्रदेश कार्यालयले प्रदेश अन्तर्गतका शाखामा कार्यरत कर्मचारीकाे लागि उक्त तालिम सम्पन्न गरेकाे हाे ।
कार्यालयले चरणबद्ध रुपमा सो क्षेत्रका जितपुर, लालबन्दी, बर्दिबास, चोहर्वा, तथा रुपनी आदि स्थानहरुमा उक्त तालिम सञ्चालन गरेको थियो । तालिममा प्रादेशिक कार्यालय अन्तर्गतका १०४ जना फिल्ड कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
संस्थाको कर्पोरेट कार्यालयका चिफ अपरेसन एण्ड सपोर्ट ईकोसिष्टम राजेन्द्र न्यौपाने, मधेश प्रादेशिक कार्यालयका प्रमुख विजय यादव, उप-प्रादेशिक कार्यालयका प्रमुखहरु चन्दन कुमार शाह तथा ढाल प्रसाद तिमिल्सिना आदिले सहजीकरण गरेका थिए ।