‘प्रधानमन्त्री, मन्त्री र सांसदहरुले काठमाडौंमा घरजग्गा किन्न नपाउने व्यवस्था बनाऔं’

<p>देशको सन्तुलित विकास गर्नको लागि कानूनको आवश्यक भएको भन्दै सांसद सुवालले भने, ‘२०७२ सालको जस्तो ठुलो भूकम्प काठमाडौँमा गएमा भाग्ने ठाउँ नभएर यहाँका लाखौँ जनताको मृत्यु हुने अवस्था छ । यसकारण प्रधानमन्त्री, मन्त्री, सांसद र सरकारका उच्च अधिकारीहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा बजार विकास गरी स्थानीय जनतासँगै घर बनाएर बस्नुपर्ने, काठमाडौँ उपत्यकामा घरजग्गा किन्न नपाउने र [&hellip;]</p>

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका नेता तथा सांसद प्रेम सुवालले प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारीहरुले काठमाडौंमा घरजग्गा किन्न नपाउने व्यवस्था बनाउनुपर्ने बताएका छन् । आज संसदमा विशेष समय लिएर बोल्ने क्रममा सांसद सुवालले सो बताएका हुन् ।

देशको सन्तुलित विकास गर्नको लागि कानूनको आवश्यक भएको भन्दै सांसद सुवालले भने, ‘२०७२ सालको जस्तो ठुलो भूकम्प काठमाडौँमा गएमा भाग्ने ठाउँ नभएर यहाँका लाखौँ जनताको मृत्यु हुने अवस्था छ । यसकारण प्रधानमन्त्री, मन्त्री, सांसद र सरकारका उच्च अधिकारीहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा बजार विकास गरी स्थानीय जनतासँगै घर बनाएर बस्नुपर्ने, काठमाडौँ उपत्यकामा घरजग्गा किन्न नपाउने र देशको सन्तुलित विकास गर्ने कानुन बनाउन जरुरी छ ।’

उनले काठमाडौं उपत्यका विकास प्राधिकरणको अविलम्ब खारेज गर्न आवश्यक रहेको समेत बताए । कुनै विपत्ति आएमा काठमाडौंका जनता भोकभोकै बस्नुपर्ने अवस्था आउने भन्दै उनले देशको सन्तुलित विकासको माग गरेका हुन् ।

‘ललितपुरको सुनाकोठी–ठेचो र चापागाउँका पुरानो बस्ती भत्काएर सडक विस्तार गरिएकोमा जनताको विरोध छ । काठमाडौँमा घर भत्काएर सडक चौडा गरिँदैमा सडक जाम हट्ने छैन । पहिरोलगायत विपत्तिबाट सडक अवरोध भएमा काठमाडौँ उपत्यकामा खाद्यान्न आपूर्ति अवरुद्ध हुने र यहाँका जनता भोकभोकै मनुपर्ने अवस्था छ’, सांसद सुवालले बताए ।

Share News