काठमाडौं । कृषि विकास बैंकले आफ्ना ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ । बैंकको सिलगढी कार्यालयबाट कर्जा लिएका ऋणीहरुलाई ३५ दिनभित्र सावाँ, ब्याज लगायतको रकम दाखिला गर्न आग्रह गरेको हो ।
यदि ३५ दिनभित्र कर्जा लिएर हालसम्म चुक्ता नगरे कालोसूचीमा राख्ने बताएको छ । बैंकले बारम्बार मौखिक, लिखित तथा कर्जा बुझाउन ताकेता गरेको र यसपटक पनि आलटाल गरे कालोसूचीमा राख्ने भएको हो ।
मष्टा कृषि तथा पशुपक्षी फर्मले लिएको १० लाख रुपैयाँ कर्जाको ब्याजसहित ११ लाख ४७ हजार ६३५ रुपैयाँ चुक्ता गर्न चम्फा देवी जोशी र नरेन्द्र राज जोशीलाई आग्रह गरेको हो ।
यस्तै, ललिता वाखपालन फर्मका प्रोपराइटर तथा धितो मन्जुरीनामा दिने प्रकाश बहादुर विष्ट र जितबहादुर विष्टको ७ लाख रुपैयाँ साँवाको ९ लाख २९ हजार ६९ रुपैयाँ रकम दाखिला गर्न बैंकले आग्रह गरेको छ ।
यस्तै, व्यक्तिगत कर्जा लिने ऋणीहरु शेर बहादुर भुलको ४४ हजार १० रुपैयाँ साँवाको ८९ हजार ५५ रुपैयाँ, दिपेन्द्र बहादुर कठायतको १७ हजार ५५० रुपैयाँ साँवाको ३० हजार ५५० रुपैयाँ, नरुली देवी के.सीेको २५ हजार ७०३ रुपैयाँ साँवाको ३९ हजार ८३ रुपैयाँ, अनिता दमाईको ३४ हजार ३३ रुपैयाँ साँवाको ६६ हजार ६९८ रुपैयाँ र बल बहादुर दमाईको ३९ हजार ७८९ रुपैयाँ साँवाको ९० हजार ५५ रुपैयाँ चुक्ता गर्नुपर्नेछ ।
यस्तै, विर बहादुर खड्काको ४९ हजार ९७३ रुपैयाँ साँवाको १ लाख २२ हजार ९२१ रुपैयाँ, सुशिला दासको ४४ हजार ९६८ रुपैयाँ साँवाको १ लाख ५ हजार २५७ रुपैयाँ, शिवराज गहतराजको ३६ हजार ३७३ रुपैयाँ साँवाको ६२ हजार ३६६ रुपैयाँ, कैलाश दमाईको १९ हजार ७४३ रुपैयाँ साँवाको २९ हजार ४४७ रुपैयाँ र लक्ष्मी कुमारी कठायतको ३ हजार २८३ रुपैयाँ साँवाको ५ हजार ७०९ रुपैयाँ रकम चुक्ता गर्नुपर्ने बैंकले जनाएको छ ।
यस्तै, पदम बहादुर विष्टको ४९ हजार ९६६ रुपैयाँ साँवाको १ लाख २४ हजार २८७ रुपैयाँ, नरबहादुर विष्टको ४९ हजार ९६६ रुपैयाँ साँवाको १ लाख २४ हजार २८७ रुपैयाँ, दानी दमाईको ४९ हजार ९४८ रुपैयाँको १ लाख १६ हजार ८६२ रुपैयाँ, भोटु दमाईको १२ हजार २३१ रुपैयाँ साँवाको २१ हजार २०२ रुपैयाँ र बिर बहादुर विष्टको २९ हजार ६६९ रुपैयाँ साँवाको ६२ हजार २२३ रुपैयाँ चुक्ता गर्नुपर्नेछ ।
यी १५ जनाले युवा स्वरोजगारका लागि व्यक्तिगत कर्जा लिएका हुन् । माथि उल्लेखित कूल रकम माघ मसान्तसम्मको ब्याज जोडिएको छ ।