उच्च करदाता सदस्यहरुलाई परिसंघले गर्यो सम्मान

<p>काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०७९ का अवसरमा नेपाल सरकारबाट सम्मानित भएका आफ्ना सदस्यहरुलाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो । सम्मानित मध्ये ४ वटा सरकारी लगानी रहेका कम्पनीहरु छन् भने १२ वटा निजी एवं सार्वजनिक [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०७९ का अवसरमा नेपाल सरकारबाट सम्मानित भएका आफ्ना सदस्यहरुलाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो ।

सम्मानित मध्ये ४ वटा सरकारी लगानी रहेका कम्पनीहरु छन् भने १२ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन् । १२ मध्ये ८ जना नेपाल उद्योग परिसंघका सदस्यहरु छन् ।

राष्ट्रिय कर दिवस २०७९ का अवसरमा आर्थिक वर्ष २०७७÷७८ मा निर्यात कारोबारमध्येबाट सबैभन्दा बढी कर तिर्ने करदाता शिव शक्ति घ्यू उद्योग प्रा.लि, विशेष उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने राजेश मेटल क्राफ्टस प्रा.लि., कृषि एवं पशुपंछीजन्य उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने ओ.सि.बी. फुड्स एण्ड फिड्स प्रा.लिलाई परिसंघले सम्मान गरेको हो ।

यसैगरी बैंक वित्तीय संस्थाको कारोवार गर्ने संस्थामध्येबाट सबैभन्दा बढी कर तिर्ने नबिल बैंक लिमिटेड, पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी कर तिर्ने मनकामना दर्शन प्रा.लि., रेमिटेन्स तथा मनि ट्रान्सफरमध्येबाट सबैभन्दा बढी कर तिर्ने आईएमई लिमिटेड, व्यक्तिगत आय तर्फ सबैभन्दा बढी कर तिर्ने विजयकुमार शाह, सबैभन्दा बढी कुल आन्तरिक राजस्व दाखिला गर्ने सूर्य नेपाल प्रा.लि.लाई परिसंघले सम्मान गरेको छ ।

साेमबार परिसंघ सचिवालयमा आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघ अध्यक्ष विष्णुकुमार अग्रवालले उच्च कर तिर्ने परिसंघका सदस्यहरुलाई सम्मान गरे । उनले सरकारबाट सम्मानित उच्च करदातामा निजी क्षेत्रमध्येबाट करिब ७० प्रतिशत परिसंघ सदस्यहरु रहेकोमा परिसंघले गर्व महसुस गरिरहेको बताए ।

‘उच्च करदाता हुनु व्यक्तिगत उपलब्धी मात्रै नभएर राज्यप्रतिको महत्वपूर्ण योगदान पनि भएको छ, आगामी वर्षमा समेत परिसंघ सदस्यहरु सरकारबाट सम्मानित हुँदै जाने विश्वास छ,’ उनले भने ।

कार्यक्रममा आर्थिक वर्ष २०७७/७८ मा व्यक्तिगत आय तर्फ सबैभन्दा बढी कर तिर्नुभएका परिसंघ गभर्निङ काउन्सिलका सदस्य विजयकुमार शाहले कोभिड महामारी, तरलताको अभाव, चुनौतीपूर्ण अर्थतन्त्रका बाबजुद सरकारलाई उच्च कर बुझाउन सकेकोमा आफूले गौरव महसुस गरिरहेको बताए ।

कार्यक्रममा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोर, गभर्निङ काउन्सिल सदस्यहरु शिवरतन शारडा, उपाध्यक्षहरु राजेश अग्रवाल, वीरेन्द्रराज पाण्डे, हेमराज ढकाल, मानार्थ उपाध्यक्ष अनुज अग्रवाल, परिसंघको विभिन्न समिति, काउन्सिल तथा फोरमका सभापतिहरु सहभागी थिए ।

Share News