सुन धितो राखेर लिने कर्जामा वृद्धि, १७ बैंकबाट ५० अर्ब प्रवाह

<p>काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा बैंकहरुले सुन (पहेँलो धातु) चाँदी धितो कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले सुनचाँदी धितो राखेर झण्डै ५० अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सुनचाँदी धितो राखेर वाणिज्य बैंकहरुले ४७ अर्ब २० करोड ११ लाख [&hellip;]</p>

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा बैंकहरुले सुन (पहेँलो धातु) चाँदी धितो कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले सुनचाँदी धितो राखेर झण्डै ५० अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सुनचाँदी धितो राखेर वाणिज्य बैंकहरुले ४७ अर्ब २० करोड ११ लाख रुपैयाँ कजौ प्रवाह गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा सुनचाँदी धितो राखेर बैंकहरुले ४२ अर्ब ५७ करोड ७३ लाख रुपैयाँ कर्जा दिएका थिए । गत वर्षको तुलनामा ४ अर्ब ६२ करोड ३८ लाख अर्थात् १०.८५ प्रतिशत बढी कर्जा प्रवाह भएकाे राष्ट्र बैंकले जनाएको छ ।

सुनचाँदी धितो राखेर १७ वटा बैंकले मात्रै कर्जा प्रवाह गर्ने गरेका छन् । जसमध्ये ६ वटा बैंकले बढाएका छन् भने अन्य ११ बैंकले भने घटाएका छन् । समीक्षा अवधिमा एनआईसी एशिया बैंकले सुनचाँदी धितो राखेर कर्जा प्रवाह ३ सय प्रतिशतले बढाएको छ । एनआईसीले पुस मसान्तसम्म ११ करोड रुपैयाँ कर्जा प्रदान गरेको छ ।

यस्तै, नेपाल बैंकको २१.९५ प्रतिशतले बढेर १७ अर्ब १० करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १५.९८ प्रतिशतले बढेर १८ अर्ब ७९ करोड १८ हजार रुपैयाँ, लक्ष्मी बैंकको १४.९२ प्रतिशतले बढेर ४२ करोड ४४ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकको ११.१२ प्रतिशतले बढेर २ अर्ब ९ करोड १८ लाख रुपैयाँ र सिटिजन्स बैंकको ३.३८ प्रतिशतले बढेर ८५ करोड ८२ लाख रुपैयाँकाे सुन धितो धिताे राखेर कर्जा प्रवाह भएकाे छ ।

समीक्षा अवधिमा ११ बैंकको भने कर्जा घटेको छ । जसमा सबैभन्दा धेरै एनएमबि बैंकको ८६.४१ प्रतिशत घटेर ४४ लाख रुपैयाँ सुन धितो राखेर कर्जा प्रवाह भएकाे छ । यस्तै, सानिमा बैंकको ७९.४१ प्रतिशतले घटेर ४८ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको ६७.६४ प्रतिशतले घटेर १ करोड २२ लाख रुपैयाँ, प्रभु बैंकको ६६.३६ प्रतिशतले घटेर २ करोड ७२ लाख रुपैयाँ, नबिल बैंकको ६२.५३ प्रतिशतले घटेर ५३ करोड ७५ लाख रुपैयाँ र कुमारी बैंकको ३४.२० प्रतिशतले घटेर ४ करोड ८० लाख रुपैयाँकाे कर्जा प्रवाह भएकाे छ ।

यस्तै, कृषि विकास बैंकको २८.५४ प्रतिशतले घटेर ५ करोड ९३ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको १८.४८ प्रतिशतले घटेर २४ करोड १८ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको ३.४६ प्रतिशतले घटेर ६ अर्ब ८७ करोड ८८ लाख रुपैयाँ र सिद्धार्थ बैंकको २.३३ प्रतिशतले घटेर १ करोड रुपैयाँ सुन धितो कर्जा प्रवाह भएकाे छ ।

हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमा विभिन्न ६ वटा बैंकले भने सुनचाँदी कर्जा भने ठप्प राखेका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक, सनराइज बैंक र सिभिल बैंकले सुनचाँदी धितो राखेर कर्जा प्रवाह गरेका छैनन् ।

Share News