अनेरास्ववियुको अध्यक्षमा बडाल निर्वाचित, यस्तो छ पदाधिकारी टिम

<p>काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतमणनाको परिणामअनुसार निकटम प्रतिद्वन्द्वी आरसी लामिछानेलाई पराजित गर्दै बडाल अध्यक्षमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद खकुरेलले जानकारी दिए । बडालले ९६२ तथा लामिछानेले ३५६ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा गोविन्द गिरीले ७६३ मत, नारायण [&hellip;]</p>

काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् ।

आज बिहान सम्पन्न मतमणनाको परिणामअनुसार निकटम प्रतिद्वन्द्वी आरसी लामिछानेलाई पराजित गर्दै बडाल अध्यक्षमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद खकुरेलले जानकारी दिए ।

बडालले ९६२ तथा लामिछानेले ३५६ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा गोविन्द गिरीले ७६३ मत, नारायण घर्तीले ७५१, मर्यादा विष्ट ६७५ र धर्म गिरीले ५०१ मत ल्याएर निर्वाचित भए । महासचिवमा नरेश रोकाया ७३३ मत प्राप्त ल्याएर विजय भएका छन् ।

यस्तै सचिवमा सञ्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले तथा कोषाध्यक्षमा सङ्गम अर्याल निर्वाचित भएका छन् ।

अधिकृत खकुरेलका अनुसार मतदान ४२ विद्युतीय मेसिनबाट गरिएको थियो । निर्वाचनबाट आगामी २ वर्षका लागि १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी र ३ आयोग (अनुशासन, लेखा र निर्वाचन)मा १५ जनाको दरले पदाधिकारी निर्वाचित भएका छन् । महाविधेशनमा १ हजार ५८८ प्रतिनिधि सहभागी थिए ।

Share News