यसरी सकिन्छ क्यान्सरको जोखिम न्यूनिकरण गर्न : डा. ओममुर्ति

<p>काठमाडौं । डा. ओममुर्ति अनिलले क्यान्सरको जोखिमलाई न्यूनिकरण गर्न विभिन्न उपायहरु अपनाउन सकिने सचेतनामुलक सामग्री प्रस्तुत गरेका छन् । क्यान्सरको जोखिम न्यूनिकरण गर्ने उपायहरुका विषयमा सामाजिक सञ्जालमा उनले सचेतनामुलक सामग्री सेयर गर्दै जानकारी गराएका छन् । डा. ओममुर्तिले सेयर गरेको सचेतनामुलक सामग्रीमा क्यान्सरको जोखिमलाई न्यूनिकरण गर्नको लागि धुम्रपान नगर्न सुझाव दिइएको छ । चर्को घाममा [&hellip;]</p>

काठमाडौं । डा. ओममुर्ति अनिलले क्यान्सरको जोखिमलाई न्यूनिकरण गर्न विभिन्न उपायहरु अपनाउन सकिने सचेतनामुलक सामग्री प्रस्तुत गरेका छन् । क्यान्सरको जोखिम न्यूनिकरण गर्ने उपायहरुका विषयमा सामाजिक सञ्जालमा उनले सचेतनामुलक सामग्री सेयर गर्दै जानकारी गराएका छन् ।

डा. ओममुर्तिले सेयर गरेको सचेतनामुलक सामग्रीमा क्यान्सरको जोखिमलाई न्यूनिकरण गर्नको लागि धुम्रपान नगर्न सुझाव दिइएको छ । चर्को घाममा जानुपरेमा घामको विकिरणबाट जोगिन लोसन लगाउन र स्वस्थकर खानाको मात्रै प्रयोग गर्न सुझाव दिइएको छ ।

घर भित्र र बाहिरको प्रदुषणलाई कम गर्ने, शारीरिक रुपमा सक्रिय रहने र मदिराजन्य पदार्थ सेवन कम गर्न डा. ओममुर्तिले सेयर गरेको सामग्रीमा उल्लेख गरिएको छ ।

त्यस्तै, स्तनपान गराउँदा आमालाई क्यान्सर लाग्ने खतरा न्यून हुने, बच्चालाई हेपाटाइटिस र एचपीभी विरुद्धको खोप लगाउनुपर्ने र निश्चित समयमा क्यान्सर रोगका जाँचहरु गराउँदा क्यान्सर लाग्ने जोखिमलाई न्यूनिकरण गर्न सकिने डा. ओममुर्तिले सेयर गरेको सचेतनामुलक सामग्रीमा उल्लेख गरिएको छ ।

Share News