काठमाडौं । नेपाल धितोपत्र बोर्डले ४ जना सुरक्षाकर्मी खरिद गरेको छ । धितोपत्र बोर्डले कार्यालय सुरक्षा प्रयोजनका लागि ४ जना सुरक्षाकर्मी गरेको व्यवस्थापन तथा कानून विभागले जनाएको छ ।
बोर्डको कार्यालय सुरक्षा प्रयोजनका लागि ४ जना सुरक्षाकर्मी सेवा खरिद गर्न गत पुसमा २६ गते सूचना प्रकाशन गरेको थियो । बोर्ड सुरक्षाका लागि विभिन्न कम्पनीले आवेदन दिएकोमा गार्खाली योद्धा सेक्युरिटी सर्भिस प्रालि छनोट भएको हो ।
गार्खाली योद्धा सेक्युरिटी छनोट भएसँगै बोर्डको सुरक्षाका लागि ४ जना सुरक्षाकर्मी पठाइनेछन् । धितोपत्र बोर्डले सुरक्षा गरेवापत वार्षिक ११ लाख ५६ हजार ८२ रुपैयाँ भुक्तानी गर्नेछ ।