सार्वजनिक यातायात बन्द फिर्ता, आज गाडी चल्ने

<p>काठमाडौं । काठमाडौं उपत्यकामा आह्वान गरिएको सार्वजनिक यातायात बन्दको निर्णय फिर्ता भएको छ । मंगलबार बिहान यातायात मजदुरहरु र सरकारबीच भएको छलफलले बन्दको निर्णय फिर्ता गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । ट्राफिक जरिवानाको विषयलाई [&hellip;]</p>

फाइल फाेटाे

काठमाडौं । काठमाडौं उपत्यकामा आह्वान गरिएको सार्वजनिक यातायात बन्दको निर्णय फिर्ता भएको छ । मंगलबार बिहान यातायात मजदुरहरु र सरकारबीच भएको छलफलले बन्दको निर्णय फिर्ता गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात मजदुरहरूले सोमबार बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए ।

ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आयोजना गरेको आन्दोलनका क्रममा मजदुरहरूले आगजनी तथा तोडफोड गरेका हुन् । आन्दोलनकारीले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्यान्डलगायतका संरचनामा समेत आगो लगाइदिएका छन् ।

Share News