सिन्धु विकास बैंकको १३ औं वार्षिक साधारण सभा सम्पन्न

<p>काठमाडौं । सिन्धु विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको १३औं बार्षिक साधारण सभा काभ्रेमा शुक्रबार सम्पन्न भएको हो । बै‌ककाे सभाले आर्थिक वर्ष २०७८/७९ को बार्षिक प्रतिवेदन लगायत विभिन्न प्रस्तावहरु पारित गरेको छ । साथै बैंकको संस्थापक सेयरधनीकाे तर्फबाट  ४ बर्षको लागी संचालकहरुमा राजेन्द्र कुमार श्रेष्ठ, श्रीमती निभा डंगोल तथा कर्मचारी [&hellip;]</p>

काठमाडौं । सिन्धु विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको १३औं बार्षिक साधारण सभा काभ्रेमा शुक्रबार सम्पन्न भएको हो ।

बै‌ककाे सभाले आर्थिक वर्ष २०७८/७९ को बार्षिक प्रतिवेदन लगायत विभिन्न प्रस्तावहरु पारित गरेको छ । साथै बैंकको संस्थापक सेयरधनीकाे तर्फबाट  ४ बर्षको लागी संचालकहरुमा राजेन्द्र कुमार श्रेष्ठ, श्रीमती निभा डंगोल तथा कर्मचारी संचयकोषका तर्फबाट प्रतिनिधित्व गर्ने गरी दिनेश कुमार केसी निर्विरोध निर्वाचित भएका छन् । सोही दिन सम्पन्न संचालक समितिको बैठकद्धारा बैंकका अध्यक्ष पदमा आगामी ४ बर्षका लागी राजेन्द्र कुमार श्रेष्ठलाई सर्वसम्मत चयन गरेको समेत बैंकले जनाएको छ ।

बैंकले आगामी दिनमा बागमती प्रदेशकै उत्कृष्ट विकास बैंकका रुपमा स्थापित गर्ने र अग्रणी विकास बैंकको रुपमा सिन्धु विकास बैंकलाई स्थापित गर्ने लक्ष्य लिएको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीले सभामा गराए ।

सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र १ वटा सिमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ्ग सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण ब्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकहरुको सुविधाको लागी सम्पूर्ण शाखा कार्यालयहरु मार्फत सन्ध्याकालिन बैकिङ्ग सेवा, मोवाईल बैकिङ्ग, एससीटी, डेबिट कार्ड, एसएमएस बैंकिङ क्यूआर कोड, सी आस्वा लगायतका सेवाहरु प्रदान समेत गर्दै आईरहेको छ ।

Share News