एनआईसी एशिया लघुवित्तको व्यवसायिक तरकारी खेती तालिम सम्पन्न

<p>काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको १ दिने व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सम्पन्न भएको छ । कम्पनीको उप प्रदेशिक कार्यालय भुताहा नवलपरासीले  संस्थामा आवद्ध सदस्यहरुका साथ उक्त  तालिम सम्पन्न गरेको हो । संस्थामा आवद्ध रहि तरकारी खेती तथा पशुपालनमा संलग्न तथा व्यवसायिक कृषि गर्न ईच्छुक समुह सदस्यहरुलाई स्थानिय क्षेत्रमा नै व्यवसायिक कृषि पेशातर्फ उत्प्रेरित [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको १ दिने व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सम्पन्न भएको छ । कम्पनीको उप प्रदेशिक कार्यालय भुताहा नवलपरासीले  संस्थामा आवद्ध सदस्यहरुका साथ उक्त  तालिम सम्पन्न गरेको हो ।

संस्थामा आवद्ध रहि तरकारी खेती तथा पशुपालनमा संलग्न तथा व्यवसायिक कृषि गर्न ईच्छुक समुह सदस्यहरुलाई स्थानिय क्षेत्रमा नै व्यवसायिक कृषि पेशातर्फ उत्प्रेरित गरी आम्दानीमा बढाउन उक्त क्षमता अभिवृद्धि सम्बन्धी तालिम संचालन गरिएको संस्थाका लुम्बिनी प्रदेश कार्यालय प्रमुख अमरनाथ सेढाईंले बताए ।

संस्थाको उप प्रदेशिक कार्यालय भुताहा अन्तर्गतका बेलाटारी, बरुवा, गोबरिया र बर्दघाट शाखामा आबद्ध करिब ५० जना समुह सदस्यहरुको सहभागिता रहेको उक्त तालिममा आधुनिक कृषि प्रणाली तथा भईरहेका अभ्यासहरु, व्यवसायिक कृषि सम्बन्धी जानकारी, गुणस्तरीय उत्पादन तथा बजारीकरण, व्यवसाय गर्दाको लागत विश्लेषण, उद्यमशीलता, व्यवसायको सुरक्षण कसरी गर्ने बारे तालिम दिइएको थियो ।

Share News