अवैध औषधि पसल मानवीय स्वास्थ्यमा खेलबाड गर्दै गर्भपतनदेखि चिरफारसम्म

<p>काठमाडौं । मानवीय स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध जोडिएको औषधि पसल एवं फार्मेसीले गम्भीर खेलबाड गरेको पाइएको छ । बुधबार भक्तपुर नगरपालिकाको अनुगमन समितिले नगरभित्र सञ्चालित औषधि पसलहरुले दर्ता नगरी सञ्चालन गरेको, सम्बन्धित विषयमा अध्ययन नगरेको व्यक्तिलाई औषधि बिक्री गर्न राखेको, अनुमतिबिना क्लिनिकमै गर्भपतनदेखि चिरफारसमेत गरेको पाइएको हो । अनुगमन गरिएका केही औषधि पसलमा लागुऔषधका रुपमा लिइने [&hellip;]</p>

काठमाडौं । मानवीय स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध जोडिएको औषधि पसल एवं फार्मेसीले गम्भीर खेलबाड गरेको पाइएको छ ।

बुधबार भक्तपुर नगरपालिकाको अनुगमन समितिले नगरभित्र सञ्चालित औषधि पसलहरुले दर्ता नगरी सञ्चालन गरेको, सम्बन्धित विषयमा अध्ययन नगरेको व्यक्तिलाई औषधि बिक्री गर्न राखेको, अनुमतिबिना क्लिनिकमै गर्भपतनदेखि चिरफारसमेत गरेको पाइएको हो ।

अनुगमन गरिएका केही औषधि पसलमा लागुऔषधका रुपमा लिइने र चिकित्सकको अनुमतिबिना बिक्री गर्न नपाइने नार्कोटिक पनि जथाभावी बिक्री गरेको पाइएको अनुगमन समितिका निरीक्षक रामकृष्ण प्रजापतिले बताए ।

अनुगमनमा लोकहित डेन्टल होम, च्याम्हासिंह मेडिकल हल, कल्याण फार्मेसी, नवदुर्गा औषधि पसल बिना दर्ता सञ्चालनमा रहेको पाइएको छ । समितिले बिक्रीका लागि राखिएको म्याद नाघेका औषधि ओविचेक–१०० एस आर, फेबु–४० लगायतका औषधि जफत गरी नष्ट गरेको निरीक्षक प्रजापतिले जानकारी दिए ।

Share News