एनआईबिएल सहभागिता फण्डको आकार २ अर्ब, एसआईपीबाट २५ हजार लगानीकर्ता

<p>काठमाडौं । नेपालकै पहिलो खुलामुखी योजना &#8216;एनआईबिएल सहभागिता फण्ड&#8217; को आकार २ अर्ब कायम भएको छ ।  यो योजना नेपाल इन्भेष्टमेण्ट मेगा बैंक कोष प्रबद्र्घक तथा एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हो । सुरुमा १० करोड इकाईसम्म जारी गर्न सकिनेगरी हाल योजनाकोआकार १ अर्ब रहेको थियो । आम लगानीकर्ताहरुको माग [&hellip;]</p>

काठमाडौं । नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबिएल सहभागिता फण्ड’ को आकार २ अर्ब कायम भएको छ ।  यो योजना नेपाल इन्भेष्टमेण्ट मेगा बैंक कोष प्रबद्र्घक तथा एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हो ।

सुरुमा १० करोड इकाईसम्म जारी गर्न सकिनेगरी हाल योजनाकोआकार १ अर्ब रहेको थियो । आम लगानीकर्ताहरुको माग बमोजिम सो इकाई जारी गरीसकिएको र गत पुस १७ गतेदेखी लागु हुने गरि थप १० करोड इकाई जारी गर्न सकिने गरी नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भए संगै योजनाको आकार बृद्धि भई २ अर्ब कायम भएको क्यापिटलले जनाएको छ । यस सँगै हाल संञ्चालनमा रहेका अन्य खुलामुखी योजनाहरुको तुलनामा यो योजना सबैभन्दा ठुलो आकारको खुलामुखी योजना बनेको छ ।

नेपालकै पहिलो खुलामुखी योजनाको रुपमा पूँजी बजारमा स्थापित  यस योजनाले संञ्चालनको पहिलो बर्षबाट नै आफ्ना इकाईधनीहरुलाई निरन्तर प्रतिफल दिन सफल भइरहेको छ । योजनाले संञ्चालनको ३ बर्षमा कुल ६५.४५ प्रतिशत लाभांष वितरण गरी औसत बार्षिक २१.८१ प्रतिशतका दरले प्रतिफल वितरण गरीसकेको छ जुन हाल संञ्चालनमा रहेका अन्य खुलामुखी योजनाहरुको तुलनामा सबैभन्दा बढि प्रतिफल दिन सफल योजनाको रुपमा रहेको क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार यस योजनामा लगानी गर्न चाहने लगानीकर्ताहरुले योजना व्यवस्थापकको सम्पूर्ण शाखा कार्यालयहरु, तोकिएको वितरक कार्यालयहरु साथैअनलाईन मार्फत इकाई खरिदका लागी आवेदन दिएर वा व्यवस्थित लगानी योजना तथा लाभांष पुनः लगानी योजना  मार्फत सहभागी भई लगानी गर्न सक्नेछन् । क्यापिटलका अनुसार हाल व्यवस्थित लगानी योजना मार्फत २५ हजार लगानीकर्ता जोडिएका छन्  ।

Share News