काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न स्वास्थ्य संस्थामा विशेष छुट हुने भएको छ ।
बैंकले ललितपुरमा अवस्थित स्टार हस्पिटल र नयाँ बानेश्वरमा अवस्थित अल्फा केयर गरी दुई स्वास्थ्य संस्थाहरुसँग सम्झौता गरेको हो ।
‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ललितपुरमा अवस्थित स्टार हस्पिटल र नयाँ बानेश्वरमा अवस्थित अल्फा केयर गरी दुई स्वास्थ्य संस्थाहरुसँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सकिनेछ । बैंकका ग्राहकहरुले स्टार हस्पिटलका सेवाहरुमा अधिकतम १५% र अल्फा केयरका सेवाहरुमा अधिकतम १५% को आकर्षक छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
यस किसिमको सहकार्यबाट स्वास्थ्य उपचारमा ग्राहकहरुको पहुच बढ्नुका साथै सहज र सुलभ स्वास्थ्य उपचारबाट लाभान्वित हुने बैंकले जानाएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षतकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।