काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको आर्थिक सहयोग र सहजीकरणमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न भएको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत वैशाख २९ र ३० गते जिल्ला अस्पताल दार्चुला तथा दुहुँ गाउँपालिकामा सञ्चालन गरेको निःशुल्क आँखा शिविरमा परीक्षण गरिएका बिरामीमध्ये शल्यक्रिया आवश्यक देखिएका नौ जनाको गेटा आँखा अस्पताल, डडेलधुरामा सफल शल्यक्रिया गरिएको हो ।
शिविरमा ११ जनालाई शल्यक्रियाका लागि अस्पताल लगिएको भए पनि दुई जनाको स्वास्थ्य अवस्थाका कारण शल्यक्रिया गर्न सम्भव नभएको बैंकले जनाएको छ ।
यसअघि सञ्चालन गरिएका दुईवटा आँखा शिविरमार्फत सात सयभन्दा बढी स्थानीयको निःशुल्क आँखा परीक्षण गरिएको थियो । त्यस्तै, ४८७ जनालाई निःशुल्क चस्मा तथा ६०० जनालाई औषधि वितरण गरिएको बैंकले जनाएको छ ।
बैंकले सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत स्वास्थ्य, शिक्षा तथा समुदायको जीवनस्तर सुधारमा योगदान दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
हाल सांग्रिला डेभलपमेन्ट बैंकले देशभरका १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बनाउँदै सेवा विस्तारलाई निरन्तर अघि बढाउने बैंकको भनाइ छ ।