काठमाडाैं । मञ्जुश्री फाईनान्सको पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । पुस २९ गते शुक्रबार बानेश्वरमा कम्पनीकाे वार्षिक साधारण सभा सम्पन्न भएकाे हाे ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखा परिक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तको वासलात एवं आ.व. २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरि पारित गरेकाे छ ।
केन्द्रिय कार्यालय सहित २७ शाखाहरु रहेको यस फाइनान्सको २०७९ साल मंङ्गसिर मसान्त सम्म १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको छ । राष्ट्रिय स्तरको यस फाईनान्सले १२.४६ अर्ब निक्षेप संकलन गरी ११.५० अर्ब कर्जा परिचालन गरेको छ ।