काठमाडौं । सेन्ट्रल फाईनान्स लाभांश पारित भएको छ । फाइनान्सको २६ औं वार्षिक साधारण सभाले सेयरधनीलाई प्रस्तावित लाभांश पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको हो ।
यस्तै, सभाले संजोज मान श्रेष्ठ, चैत्यराज शाक्य, चण्डिका श्रेष्ठ, डा. किशोर हाकुदुवाल, विद्या भूषण ध्वज जोशी र प्रनेश बाटीलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त यस वित्तीय संस्थाले विगत २६ वर्षदेखि बैंकिङ्ग सेवा दिंदै आएको छ । कम्पनीको १७ वटा शाखा र भक्तपुरको सल्लाघारीमा १ एक्सटेन्सन काउण्टर सञ्चालनमा रहेको छ ।
संस्थाले कारोबार विस्तारको क्रममा छिट्टै नै मोरङ्गको विराटनगर र रौतहटको चन्द्रपुरमा थप दुई नयाँ शाखा सञ्चालनमा ल्याउन लागेको जानकारी दिएको छ ।