श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश पारित

<p>काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश पारित भएको छ । कम्पनीको २८ &#x200d;औं वार्षिक साधारण सभाले संचालक समितिद्वारा प्रस्तावित ७.६० प्रतिशत लाभांश पारित गरेको हो । योसँगै कम्पनीले सेयरधनीलाई गत वर्षको नाफाबाट बोनश सेयर २.४० प्रतिशत र नगद लाभांश ५.२० प्रतिशत प्रदान गर्नेछ । बोनस सेयर वितरण पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी ९८ करोड १६ लाख ८३ हजार २ [&hellip;]</p>

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश पारित भएको छ । कम्पनीको २८ ‍औं वार्षिक साधारण सभाले संचालक समितिद्वारा प्रस्तावित ७.६० प्रतिशत लाभांश पारित गरेको हो ।

योसँगै कम्पनीले सेयरधनीलाई गत वर्षको नाफाबाट बोनश सेयर २.४० प्रतिशत र नगद लाभांश ५.२० प्रतिशत प्रदान गर्नेछ । बोनस सेयर वितरण पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी ९८ करोड १६ लाख ८३ हजार २ सय पुग्ने छ ।

सभाले सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन सहित आ. व. २०७८/७९ को वार्षिक प्रतिवेदनहरु पारित गरेको छ ।

साथै, कम्पनीको सेयर संरचना हाल कायम रहेको संस्थापक तर्फको ५३.३२ प्रतिशत र सर्व–साधारण तर्फको ४६.६८ प्रतिशतलाई क्रमशः ५१ प्रतिशत र ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित भएको छ ।

Share News