सिटिजन्स बैंकको एपबाटै मुद्दती खाता खोल्नुको साथै ऋण पनि लिन सकिने

<p>काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनलले माेबाइल एपबाटै मुद्दती निक्षेप खाता खोल्ने नयाँ सुविधा ल्याएको छ । बैंकले भौतिक रुपमा शाखामा जाँदा हुने झन्झट कम गर्न सिटिजन्स स्मार्ट एपबाट सिधै मुद्दती निक्षेप खाता खोल्ने नयाँ सुविधा ल्याएको हाे । एपबाट ग्राहकहरूले विभिन्न मुद्दती निक्षेप योजना, अवधि र इच्छित रकम चयन गर्न सक्ने बैंकले जनाएकाे छ । बैंककाे अनुसर [&hellip;]</p>

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनलले माेबाइल एपबाटै मुद्दती निक्षेप खाता खोल्ने नयाँ सुविधा ल्याएको छ । बैंकले भौतिक रुपमा शाखामा जाँदा हुने झन्झट कम गर्न सिटिजन्स स्मार्ट एपबाट सिधै मुद्दती निक्षेप खाता खोल्ने नयाँ सुविधा ल्याएको हाे ।

एपबाट ग्राहकहरूले विभिन्न मुद्दती निक्षेप योजना, अवधि र इच्छित रकम चयन गर्न सक्ने बैंकले जनाएकाे छ । बैंककाे अनुसर फिक्स्ड डिपोजिट रकमको न्यूनतम सीमा १० हजार र अधिकतम रकम ५० लाख रुपैयाँसम्म सेट गरिएकाे छ ।

त्यसैगरी, एपबाट ग्राहकहरूले मुद्दती निक्षेप रकमको ९० प्रतिशतसम्म ऋणको लागि अनुरोध पनि गर्न सक्नेछन् ।

यसका साथै बैंकले बैंकको कर्पोरेट कार्यालयमा रहेको केआओएसके सेल्फ-सर्भिस प्रणालीबाट मुद्दती निक्षेप खोल्ने सुविधा पनि ल्याएको छ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८१ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३३ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब १५ लाख २१ हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Share News