इमर्जिङ्ग नेपालको सातौं वार्षिक साधारण सभा सम्पन्न, संचालकमा सिल्वाल निर्वाचित

<p>काठमाडौं । इमर्जिङ्ग नेपालको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंमा बिहीबार सम्पन्न भएको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गरकाे छ । यस्तै, सभाले आ.व. २०७८/७९ को वार्षिक आर्थिक विवरण, कम्पनीको सहायक कम्पनी होटल एलिस द वोण्डर इनको आ.व. २०७८/७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय [&hellip;]</p>

काठमाडौं । इमर्जिङ्ग नेपालको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

काठमाडौंमा बिहीबार सम्पन्न भएको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गरकाे छ ।

यस्तै, सभाले आ.व. २०७८/७९ को वार्षिक आर्थिक विवरण, कम्पनीको सहायक कम्पनी होटल एलिस द वोण्डर इनको आ.व. २०७८/७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गरेको छ ।

साथै, कम्पनीले आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरीक्षकको नियुक्ती गरी निजको पारिश्रमिक सर्वसहमतिले पारित गरेको छ ।

सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्ने एक जना संचालकमा विकास सिल्वाललाई निर्विरोध निर्वाचित समेत गरेको छ ।

Share News